Logo

शनिवार, कार्तिक १ गते २०८३

images

टोल टोलमा हुने तीजको रौनकता घट्यो, परम्परा मान्ने तरिका फेरिदै

टोल टोलमा हुने तीजको रौनकता घट्यो, परम्परा मान्ने तरिका फेरिदै

  • गोपाल जिटी
  • शनिवार, भाद्र २२ २०८१


  • टोल टोलमा हुने तीजको रौनकता घट्यो, परम्परा मान्ने तरिका फेरिदै

    भदौ २२, स्याङ्जा
    हरितालिका (तीज) नेपाली नारीहरुको महान पर्व हो । यो पर्वका अवसरमा आमा दिदी बहिनीहरुले तीजका गीत गाउने र नाच्ने नेपाली समाजको मौलिक परम्परा हो ।
    कृष्ण जन्माष्टमीका दिनदेखि एम एम रेडियोहरुबाट औपचारिकरुपमा तीजका गीतहरु बज्ने गर्दछन् । त्यसो त प्रविधिको विकाससँगै युट्यूवलगायतबाट असार महिनादेखि नै तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक हुने गर्दछन् भने भिज्युएलसहितका तीजेगीतहरु हेर्ने र सुन्ने क्रम बढेको छ । पहिलाको समयमा जस्तो प्रत्यक्ष गाउने र ताली बजाएर नाच्ने प्रचलन नभए पनि कलाकारहरुद्वारा गाइएका तिनै गीतहरुमा बजारका टोलै पीच्छे नाचेर रमाइलो हुने गर्दथ्यो । विगतका वर्षमा झैं यो वर्ष टोल टोलमा तीजका गीतमा नाचगान भएनन् ।
    यसले पहिलाको झैं तीजको रौनकता घटेको हो कि भन्ने देखिन्छ । स्याङ्जाका मूख्य बजारहरु पुतलीबजार, बयँरघारी, वालिङ र गल्याङका टोलहरु प्राय सुनसान जस्तै रह्यो । विगतका वर्षसम्म आमा दिदी बहिनीहरु टोल टोलमा जम्मा भएर तीजका गीतमा नाच्ने गाउँने गरेको निकै देखिन्थ्यो । तर यो वर्ष तीजकै दिनमा पनि जिल्लाका अधिकांश स्थानहरु प्रायजसो सुनसान जस्तै रहे । Ti.jpg
    पार्टी प्यालेस, समाज घर एवम् संघ संस्थाहरुमा भेला हुने शुभकामना आदान प्रदान गर्ने र खाजा खाने क्रमले भने प्राथमिकता पायो । तीज पर्व आउनुभन्दा महिनादिन अगाडिदेखि नै यस्ता गतिविधिहरु सञ्चालनमा आए ।
    यसले समाजमा सकारात्मक प्रभावसँगै केहि विकृतिहरु पनि देखिएको वालिङ १० स्थित पूणामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु अर्याल बताउनुहुन्छ । 
    अर्याल भन्नुहुन्छ,“संघ संस्थाहरुले भेला गर्ने र शुभकामना आदान प्रदानसहित सँगै खाजा खानुले आत्मियता बढाउँछ । तर कतिपय ठाउँमा हुने गरेका आवस्यकता भन्दा बढि तडक भडक र अनियन्त्रित खानपानले भने विकृत बनाएको छ ।” हिजोको अवस्था फरक थियो, बुहारीहरुलाई हेयभावले हेर्ने र खानपानमा हुने असमानतालगाएत बिभिन्न दवाव सहनुपर्ने अवस्था थियो । त्यो समयमा वर्षदिनको तीजमा माइत जाने, मिठो मसिनो खाने र एक दुईदिन भए पनि आरामको अनुभूति गर्ने परिस्थिति थियो । जसका कारण तीजका भाकामा मनका वह पोख्ने, सँगी साथी भेटेर नाच्ने गाउने गरिन्थ्यो । तर अहिले त्यस्तो नभएको र परिवर्तनसँगै परिस्थिति पनि फेरिएको अवस्था छ, प्रधानाध्यापक अर्यालले भन्नुभयो । संघ संस्थाहरुद्वारा प्रतियोगितात्मक तीजगीत कार्यक्रमहरुको आयोजना हुनुले पनि प्रत्यक्ष गाउने र नाच्ने रहर मेटाउन सहयोग पुगेको देखिन्छ । यस्ता कार्यक्रमहरुमा सामाजिक सचेना फैलाउने र विसंगति र विकृतिका विरुद्धका आवाजका विषयलाई महत्व दिइएको पाइन्छ, भने यसलाई राम्रो पक्ष मान्न सकिन्छ । पछिल्लो समय आर्थिक चलायमानमा कमि हुनु र युवा शक्ति बाहिरिनुलगाएतका कारणले पनि टोल टोलमा नाच्ने क्रम घटेको हुनसक्ने अर्यालको धारणा छ ।
    यसैगरी गल्याङ बजारमा होटल व्यवसाय गर्दै आउनुभएका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका पूर्व अध्यक्ष नेत्रप्रसाद पाण्डेको भन्नुहुन्छ—कमाई अथवा आर्थिक ठूलो कुरा होइछ । आम्दानी घटेकाले पनि यस्तो भएको हुनुपर्छ । शुभकामना आदान प्रदानसहितका कतिपय भेलाहरुमा साकाहारी खाजाको प्रयोग भएको पनि देखियो ।
    यसकासाथै बिभिन्न संघ संस्थाहरुद्वारा आयोजित भेला तथा शुभकामना कार्यक्रमले महत्व पाएसँगै तीजका अवसरमा अनौपचारिकरुपमा गरिने नाचगानमा कमि आएको पनि हुनसक्ने उहाँको धारणा छ । प्रतिष्ठानका पूर्व अध्यक्ष पाण्डेका अनुसार तीज आउनुभन्दा १५ दिनदेखि हरेका साँझ तीजका गीतले गुञ्जाएमान हुने र नाचेर रमाइलो गरिने गल्याङ क्षेत्र अहिले प्राय सुनसान रहे ।Ti.jpg
    यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका वर्तमान उपाध्यक्ष तारा पौडेलका अनुसार जिल्ला सदरमुकाम पुतलीबजारमा पनि औपचारिक कार्यक्रम बाहेक अरु बेला कतै नाचगान भएनन् । तीजको दिन त बजार झन सुनसान रह्यो ।
    आमा समूहलगाएत बिभिन्न संघ संस्थाहरुद्वारा पार्टी प्यालेस केन्द्रित कार्यक्रमहरुको आयोजना हुनु र यूट्युवलगाएतका प्रविधिमा भुल्ने गर्नाले पनि मौलिक परम्परामा कमि आएको हुनसक्ने वालिङ ८ बगाले टोलका लक्ष्मण बगालेको तर्क छ । 
    पहिलो कुरा धेरै युवाहरु बाहिर छन् । यसकासाथै गाउँ समाजमा मानिस कम छन्् भने अर्को कुरा हात हातमा मोवाइल छ युट्युवले भुलाएको छ । यसैगरी चाडपर्वको महत्व पनि कम हुन थालेको हो कि भन्ने वालिङ १ रामबाच्छाका कष्णवन्धु काफ्लेको धारणा छ ।
    सामाजिक परिवर्तन र विकासक्रमसँगै तीज पर्वको परम्परा मान्ने र मनाउने तरिका पनि फेरिन थालेको हो कि भन्ने देखिन्छ ।

    शनिवार, भाद्र २२ २०८१०६:२४:३८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend