Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

  • PNN Times
  • सोमवार, फाल्गुण १० २०७७


  • प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

    काठमाडौँ — प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पाैडेलले जानकारी दिए ।

    प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हाे । 'क्याभलरीकाे जग्गा सर्वाेच्च अदालतकाे नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हाे,' सर्वाेच्च अदालत स्राेतले भन्याे, 'नामसारीबारे छलफल भइरहेको थियोे । आज प्रधानसेनापतिलाई बाेलाउनुभएकाे हाे ।'

    images

    अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए ।अदालतकाे परिसर साँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो । तर, सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर 'हेर्दाहेर्दै'मा रहेकाे बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सोमवार, फाल्गुण १० २०७७०४:५१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend