Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पैयूँ गाउँपालिका प्रथम

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पैयूँ गाउँपालिका प्रथम

  • PNN Times
  • शुक्रवार, मंसिर २१ २०८१


  • जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पैयूँ गाउँपालिका प्रथम

    पर्वत ।  सामाजिक विकास कार्यालय, पर्वतको आयोजना र शिक्षा विकास तथा समन्वय एकाईको समन्वयमा आयोजित शिक्षक-विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत भएको विभिन्न प्रतियोगितामा पैयूँ गाउँपालिकाले जिल्लास्तरमा उत्कृष्ट सफलता हासिल गरेको छ।

    जिल्ला स्तरीय विभिन्न कार्यक्रम मध्ये शिक्षक हाजिरीजवाफ प्रतियोगितामा पैयूँ गाउँपालिकाले जिल्लामा प्रथम स्थान प्राप्त गरेको छ। प्रतियोगितामा शिक्षकहरु सुरेन्द्र भुर्तेल, छविलाल काफ्ले, र ख्यामादेवी सापकोटा सहभागी रहेको पैयूँ गाउँपालिकाका शिक्षा अधिकृत गोविन्द राज सुवेदीले जानकारी दिनु भयो ।

    images

    उहाँका अनुसार शिक्षक वक्तृत्वकला प्रतियोगितामा ढाकाराम न्यौपानेले द्वितीय र विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा जस्मिन काफ्ले तृतीय हुनु भएको छ ।

    प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक र विद्यार्थीहरूलाई गाउँपालिकाले आगामी प्रदेशस्तरीय प्रतियोगितामा समेत प्रथम  हुने गरी तयारी गरी अगाडी बढ्न आग्रह गर्दै बधाई तथा  शुभकामना व्यक्त गरेको छ।

    शुक्रवार, मंसिर २१ २०८१०८:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend