मङ्सिर–२९,वालिङ ।
स्याङ्जाको वालिङमा रहेको वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शुक्रबार छैटौं वार्षिक साधारणसभा गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै साना किसान बैंक पोखरा शाखाका प्रमुख पदम रेग्मीले सहकारीले स–साना पुँजीलाई एकिकृत गर्ने र आफ्ना सदस्यहरुको आर्थिक सुधारमा सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय सहकारीहरुमा देखिएको समस्यालाई सुक्ष्म तरिकाले अध्ययन गरी यस्ता समस्या सृजना हुँन नदिनका सदस्य स्वएम् चनाखो भई आफ्नो संस्थाको बारेमा सँधै अपडेट भईरहनुपर्नेमा जोड दिनुभयो । वालिङ साना कृषि सहकारीले किसानहरुको हितमा सामुहिक रुपमा लगानी गर्दै आएको र संस्थामा पनि राम्रो भईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता तथा समूहलाई सम्मान गरिएको थियो । १ सय ५० समूह मध्येबाट ६ समूह र संस्थामा रहेर नेतृत्व विकास गरेका २२ जना महिलाहरुलाई सम्मान गरिएको छ । बाख्रापालन तर्फ उत्कष्ट कृषक वालिङ ११ का अर्जुन तिवारी, खेतिपातीतर्फ वालिङ ९ का विष्णु पराजुली, भैँसीपालनतर्फ पूजा सुवेदी र पशुपालनतर्फ केदार गैह्रैलाई आफ्नो पेसा अनुसारको औजार प्रदान गरी सम्मान गरिएको थियो ।
संस्थामा कूल १ हजार शेयर सदस्यहरु रहेका छन् ।