Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्यालयमा न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण

विद्यालयमा न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण

  • PNN Times
  • शनिवार, पौष १३ २०८१


  • विद्यालयमा न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण

    पुस—१३, वालिङ ।
    स्याङ्जाको भीरकोटमा विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीसंँग लायन्स कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ भीरकोटले विद्यार्थीहरुका लागि न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । क्लवले भीरकोटका दुईवटा विद्यालयमा पुगी सामग्री वितरण गरेको छ । शुक्रबार क्लबले भीरकोट ५ को गडीभञ्याङ आधारभूत विद्यालय र ३ को बानेथोक भतेरपाटामा रहेको कालिका आधारभूत विद्यालयका २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा हाईनेक, जुत्ता मोजा, व्याग, कपीकलम वितरण गरिएको हो ।
    कार्यक्रममा लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले लायन्स विशुद्ध सामाजिक सेवाभावका लागि स्थापित क्लब भएको बताउनुभयो । उहाँले क्लबले वार्षिक कार्यक्रम नै बनाएर हरेक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले बालबालिकाहरुका लागि थप प्रोत्साहन मिल्ने भएकाले क्लवमा सहभागी सबैमा खुसी  लागेको उहाँले व्यक्त गर्नुभयो ।
    क्लबले गतवर्ष स्वास्थ्य शिविर मार्फत बालबालिकको आँखा परीक्षण गरेको थियो भने यो वर्ष स्कूल सपोर्टिङ कार्यक्रम अन्तर्गत विद्यार्थीसंँग लायन्स कार्यक्रम गरिएको क्लबले जनाएको छ । यस्ता कार्यक्रम गर्न क्लबले आफ्ना सदस्यहरुबाटै आर्थिक जुटाउने गरेको क्लबका संस्थापक अधिकारीले उल्लेख गर्नुभयो ।Messenger_creation_46B24076-8D00-4585-8FEA-3F1AC6D484F4.jpeg

    शनिवार, पौष १३ २०८१०८:०९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend