Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा अनेरास्ववियुको प्रशिक्षण तथा भेला सम्पन्न

वालिङमा अनेरास्ववियुको प्रशिक्षण तथा भेला सम्पन्न

  • PNN Times
  • आइतवार, पौष २१ २०८१


  • वालिङमा अनेरास्ववियुको प्रशिक्षण तथा भेला सम्पन्न

    पुस–२१ वालिङ ।
    नेपाल कम्युनिष्ट पर्टी एमाले वालिङ नगर कमिटिले अनेरास्ववियु निकट विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । एमाले नगर कमिटिको वार्षिक कार्य पात्रो अनुसार शनिबार पार्टी कार्यालयमा अनेरास्ववियु निकट विद्यार्थीहरुको भेला तथा प्रशिक्षण कार्यक्रम गरेको हो । IMG-20250104-WA0031.jpg
    भेला तथा प्रशिक्षण कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द«ीय कमिटि सदस्य तथा अनेरास्ववियु इन्चार्ज किशोर विक्रम मल्लले देशको मुख्य पार्टी नेकपा एमाले रहेको बताउनुभयो । उहाँले पार्टीका अध्यक्ष प्रधान मन्त्री भएर देशको नेतृत्व गरेकाले देश समृद्धीको बाटोमा अगाडि बढेको बताउनुभयो ।
    अनेरास्ववियु नेकपा एमालेको भातृ संगठन भएको नाताले सरकारले गरेका हरेक सकारात्मक कामलाई समर्थन गर्न र नकारात्मक कामको विरोध गर्नु विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको मल्लको भनाई थियो । देशमा हुने विकृति र विसंगतीको निम्ति अग्र गतिमा नेतृत्व गर्ने भएकोले समग्र विद्यार्थीहरुलाई अनेरास्ववियुमा गोलबद्ध हुन आग्रह गर्नुभयो । देशमा बढ्दै गएको नागरिकको नैरास्यताले विदेश पलाएन हुनेको संख्यामा बृद्धि हुँदै गएको तर्फ लक्षित गर्दे नेता मल्लले सरकारले स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेगरी काम गरिरहेको उल्लेख गर्नुभयो ।
    अनेरास्ववियु नै देशको पहरेदार भएको भन्दै मल्लले संगठनले पहिल्यै देखिनै उठाउदै आएको कालापानी, लिपुलेक, लिम्पियाधुरा अनेरास्ववियुकै अन्दोलनका कारण चुच्चे नक्सा सरकारले सार्वजनिक गर्न बाध्य भएको समेत बताउनुभयो ।
    यातायातमा भएको ३३ प्रतिशत छुट, मनोरञ्जनमा भएको छुट, शैक्षिक प्रमाणपत्र राखी ऋण लिने व्यवस्था जस्ता महत्वपूर्ण उपलब्धी अनेरास्ववियुकै आन्दोलनको उपलब्धी भएको मल्लले औंल्याउनुभयो । शैक्षिक समानता र व्यवहारिक शिक्षा प्राप्तीको लागि अहिले पनि अनेरास्ववियु सडक आन्दोलनमै रहेकाले सार्थकता दिन विद्यार्थीको भुमिका महत्वपूर्ण रहेकाले संगठनले उठाएको मुद्धामा साथ दिन आग्रह समेत गर्नुभयो ।IMG-20250104-WA0030.jpg

    आइतवार, पौष २१ २०८१०८:०३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend