Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले पैयूँ गाउँपालिका ५  नम्बर  वडा कमिटिको अध्यक्षमा तिवारी

नेकपा एमाले पैयूँ गाउँपालिका ५  नम्बर  वडा कमिटिको अध्यक्षमा तिवारी

  • PNN Times
  • बिहिवार, पौष २५ २०८१


  • नेकपा एमाले पैयूँ गाउँपालिका ५  नम्बर  वडा कमिटिको अध्यक्षमा तिवारी

    पुस २५, पर्वत। नेकपा एमाले पैयूँ गाउँपालिका ५  नम्बर  वडा कमिटिको अध्यक्षमा  टाम प्रसाद तिवारी निर्वाचित हुनु भएको छ। बुधबार भएको पार्टीको दोस्रो अधिवेशनबाट तिवारीको अध्यक्षतामा नयाँ कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा जिबलाल बस्याल, सचिवमा होमनाथ न्यौपाने, उपसचिवमा उमादेवी विक र टिकाराम न्यौपाने चयन हुनु भएको छ।

    त्यस्तै, सदस्यहरूमा रामलाल शर्मा, सुमित्रा न्यौपाने, यामकला न्यौपाने, दुर्गा भुर्तेल, औमया गुरुङ र विष्णु भुर्तेल रहेका छन् । लेखा समितिका अध्यक्षमा राजु न्यौपाने र सचिवमा श्यामप्रसाद तिवारी चयन भएका छन्।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा पैयूँ गाउँपालिकाका उपाध्यक्ष  यामकुमारी रानाले पार्टी संगठनलाई जनताको विश्वासमा आधारित बलियो र समृद्ध बनाउन नयाँ नेतृत्वले थप जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि सबै तहका कार्यकर्ताहरू एकजुट भई अगाडि बढ्नुपर्ने पनि बताउनुभयो।

    नेकपा एमाले जिल्ला कमिटी सदस्य चोकलाल न्यौपानेले संगठनलाई सबैको प्रयास र एकताको बलमा शक्तिशाली बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ नेतृत्वलाई शुभकामना दिँदै विकास र समृद्धिको अभियानमा सक्रिय सहभागी बन्न आह्वान गर्नुभयो।

    नेकपा एमाले पैयूँ गाउँपालिका कमिटी अध्यक्ष विष्णु काफ्लेले पार्टी नीति र जनमुखी एजेन्डालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न वडा कमिटीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा उपाध्यक्ष जिबलाल बस्याल र उपसचिव निर्भीक नारायण भुर्तेलले नवगठित वडा कमिटीलाई बधाई दिंदै पार्टीको बलियो संगठन निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

    कार्यक्रमका अध्यक्षको तर्फबाट घनश्याम भुर्तेलले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको विगतदेखि वर्तमानसम्मको गतिविधिको समीक्षा गर्नुभयो।

    images

    उहाँले जनसंगठनहरूलाई थप क्रियाशील र जनताको सरोकारका मुद्दाहरूमा केन्द्रित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउन नवगठित टोलीले सामूहिक जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले संगठनको एकता नै सफलताका लागि आधार भएको उल्लेख गर्नुभयो।

    uml 5.jpg

    uml 5.jpg

    बिहिवार, पौष २५ २०८१०८:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend