Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो -मन्त्री अर्याल

आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो -मन्त्री अर्याल

  • PNN Times
  • बुधवार, मंसिर ३ २०७७


  • आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो -मन्त्री अर्याल

    कला राना 

    मंसिर ३, स्याङजा । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले शैक्षिक गुणस्तरमा जोड दिनुभएको छ । मन्त्री अर्यालले बुधबार चापाकोट नगरपालिका १० स्थित जनसामुहिक माध्यमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्दघाटन गर्नुहुँदै भन्नुभयो, ‘शैक्षिक गुणस्तर बृद्धि गर्न सकिएन् भने विकास संभव छैन् । बढ्दो सुचना र प्रविधिको युगमा विद्यालयको भौतिक संचरना, वातावरण, शैक्षिक सामाग्री, शिक्षकलाई समेत सोही अनुसार अगाडि बढाउन आवश्यक छ । ’
    साथै उहाँले शिक्षा प्रमाणपत्रमा मात्रै सिमित हुन नहुँने भन्दै अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएको बताउनुभयो । सरकार एक पालिका एक प्राविधिक शिक्षालयको अभियानका साथ अगाडि बढेको भन्दै उहाँले भन्नुभयो, ‘सिप सहितको शिक्षा, विदेशीन नपर्ने शिक्षा, आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो ।’

    images

    प्राविधिक शिक्षाले नै सबैलाई स्वरोजगार बनाउने मन्त्री मन्त्री अर्यालले प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षण सिकाई गर्नुपर्ने बताउनुभयो । 

    बुधवार, मंसिर ३ २०७७०६:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend