Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारीको अध्यक्षमा पुनः अर्याल 

राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारीको अध्यक्षमा पुनः अर्याल 

  • PNN Times
  • बिहिवार, माघ १७ २०८१


  • राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारीको अध्यक्षमा पुनः अर्याल 

    माघ १७, वालिङ ।
    नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले १ वर्षे कार्यकालका लागि  पुनः पिताम्बर अर्यालको अध्यक्षतामा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
    कमिटीको उपाध्यक्ष नविन गुरुङ,  सचिव विनोद खड्का र उपसचिवमा राजकुमार रोका रहेका छन् । यसैगरी अरु सदस्य गरी १७ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका हुन् ।IMG-20250129-WA0017.jpg
    कार्यक्रममा युवासंघ गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनाल (सुशिल) ले युवाहरु उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । उहाँले युवाहरु उत्पादनमा जोडिन सकियो भने मात्रै देशलाई समृद्धि तर्फ लैजान सकिने व्यक्त गर्नुभयो । सरकारलाई मात्र दोष दिने होइन, हामी आफूले पनि केही गर्न लाग्नुपर्छ । सानो सानो कामबाट पनि अगाडि बढ्न सकिन्छ । त्यसैले सिर्जनशील युवाहरु कुरामा होइन पेशा गर्न लागेर उत्पादनसँगै आय आर्जनमा जोडिन आवश्यक रहेको गण्डकी प्रदेश अध्यक्ष खनालको भनाई थियो । 

    बिहिवार, माघ १७ २०८१०५:३६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend