Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकारको गति र मति दुवै ठिक छैन – कांग्रेस महामन्त्री थापा

सरकारको गति र मति दुवै ठिक छैन – कांग्रेस महामन्त्री थापा

  • सन्दिप लुइटेल
  • मंगलवार, माघ २२ २०८१


  • सरकारको गति र मति दुवै ठिक छैन – कांग्रेस महामन्त्री थापा

    पर्वत, माघ २२ – नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन कुमार थापाले वर्तमान सरकारलाई कमजोर भन्दै यसको कार्यक्षमतामाथि कडा प्रश्न उठाउनुभएको छ।

    नेपाली कांग्रेस पर्वत प्रदेशसभा क्षेत्र ‘ख’ को क्षेत्रीय कार्यसमितिको आयोजनामा पैयूँ गाउँपालिकाको हातेमालो चोकमा आयोजित प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकार न त गति लिन सक्षम देखिएको छ, न त उचित मति राख्न सकेको छ भन्दै आलोचना गर्नुभयो।

    images

    “सरकारको कार्यक्षमता छैन, सरकार भद्दा छ, जनअपेक्षाअनुसार काम गर्न सकेको छैन,” उहाँले भन्नुभयो। थापाले अबको १० वर्ष नेपाललाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसले सुशासन, स्थायित्व, र विकासलाई प्राथमिकता दिने बताउनुभयो।

    “२०५० देखि २०६० सम्म हामीले हिंसा भोग्यौं, २०६० देखि २०७२ सम्म संविधान बनायौं। अबको १० वर्ष समृद्ध नेपाल निर्माण गर्ने समय हो,” उहाँले जोड दिनुभयो। महामन्त्री थापाले ठूला दलहरू जिम्मेवार भई अघि नबढे देश थप अस्थिर हुने चेतावनीसमेत दिनुभयो।

     

    मंगलवार, माघ २२ २०८१०४:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend