Logo

शनिवार, कार्तिक १ गते २०८३

images

माओवादी एक ढिक्का छ : प्रचण्ड

माओवादी एक ढिक्का छ : प्रचण्ड

  • PNN Times
  • मंगलवार, माघ २२ २०८१


  • माओवादी एक ढिक्का छ :  प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी एक ढिक्का रहेको बताएका छन्।

    मङ्गलबार (आज) पार्टीको म्याग्दी जिल्ला समन्वय समितिले बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    images

    'माओवादी अहिले एक ढिक्का छ। कहिलेकाहीँ पत्रिका, रेडियो, टेलिभिजनतिर के-के देख्नुहुन्छ होला। तर, कुरा त्यस्तो होइन, माओवादी एक ढिक्का छ,' उनले भने, 'बरु माओवादीजति एक ठाउँ ल्याउँछौँ। चाँडै ल्याउँछौँ।'

    यस्तै उनले हिजो माओवादी जङ्गलमा नभएर जनताको काखमा रहेको बताए। '२०६४ सालमा सरकारको अनुभव थिएन, अहिले त धेरै सरकारको अनुभव छ। आत्मविश्वास छ। नेपालबाट भ्रष्टाचारको जरा उखेलेर फाल्नेछौँ। तपाईंहरूले ०६४ जस्तै, अझ त्योभन्दा बढी मत दिनुस्,' उनले भने, 'हिजो हामी जङ्गलमा होइन, जनताको काखमा थियौँ।'

    उनले आफूहरू फेरि एकपटक आत्मालोचना गरेर जनतामा फर्केको बताए।

    मंगलवार, माघ २२ २०८१०७:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend