Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा छात्रवृत्ति एवम् पुस्तक प्रदान

रामपुरमा छात्रवृत्ति एवम् पुस्तक प्रदान

  • PNN Times
  • बिहिवार, माघ २४ २०८१


  • रामपुरमा छात्रवृत्ति एवम् पुस्तक प्रदान

    माघ २४, पाल्पा ।
    पाल्पाको रामपुरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
    वडा नम्वर १० मा रहेको मुना मेमोरियल ट्रष्टले विद्यार्थी छात्रवृत्ति प्रदान गरेको हो ।
    स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत जनकल्याण माध्यमिक विद्यालय रामटारका छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयबाट यस वर्षको एसइइ परीक्षामा उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुन सफल सावित्री गैरेलाई छात्रवृत्ति स्वरुप ७ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो । ट्रष्टले आफ्नो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गरेर एस ई ई मा उत्कृष्ट अंक सहित उत्तीर्ण छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि १३ औँ वार्षिक उत्सवको अवसरमा बुधवार एक कार्यक्रमसहित छात्रवृत्ति प्रदान गरेको छ ।
    छात्रवृत्ति प्रदान गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मुना मेमोरियल ट्रष्टले समाज र शिक्षा क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । एसईईमा उत्कृष्ट ग्रेडकासाथ उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर थप हौसला र उत्प्रेरणा प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । साथै ट्रष्टले सम्मान र प्रोत्साहनका लागि छात्रवृत्ति प्रदान गरेको भन्दै लगनशील भएर अध्ययनमा लाग्न आग्रह गर्नुभयो । 
    ट्रष्टले विद्यालयको पुस्तकालयका लागि केही पुस्तकसमेत हस्तान्तरण गरेको छ ।

    बिहिवार, माघ २४ २०८१०१:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend