पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत तह कक्षा-८ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा प्रणालीका सबै मापदण्डहरू पालना गर्दै प्रकाशित गरिएको नतिजाले शिक्षा क्षेत्र सुधारोन्मुख रहेको संकेत गरेको छ । यद्यपि, समग्र नतिजा बाट अझै सन्तोष मान्न सकिने अवस्था नरहेको स्पष्ट देखिन्छ ।
गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूबाट कूल १९० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८० जना विद्यार्थी मात्र बर्गिकृत हुन सफल भएका छन्। यो गाउँपालिकाको जम्मा ४२.१०% बर्गिकृत प्रतिशत हो।
सामुदायिक विद्यालयको नतिजा भने अझै कमजोर
सामुदायिक विद्यालयतर्फ १घद्द जना विद्यार्थी सहभागी भएका थिए, जसमा छज्ञ जना विद्यार्थीमा मात्र वर्गिकृत भए। समग्र सामुदायिक विद्यालयको वर्गिकृत प्रतिशत ३८.६३ % मा सीमित रह्यो।
नतिजाको विश्लेषण गर्दा सामुदायिक विद्यालयहरु तर्फ श्री टकलाक माध्यमिक विद्यालय, पैयूँ(१, श्री निर्मल जनसेवा माध्यमिक विद्यालय, पैयू(२, श्री जनसेवा संस्कृत माध्यमिक विद्यालय, पैयूँ ४ र श्री क्यामुने भञ्ज्याङ्ग माध्यमिक विद्यालय पैयूँ ५, को नतिजा सन्तोषजनक रहेको र अन्य विद्यालयहरुले औषत नतिजा हासिल गर्न नसकेको देखिन्छ।
त्यस्तै संस्थागत विद्यालयहरु तर्फ कुल ५८ जना विद्यार्थीहरु सहभागी भएकोमा जम्मा ३० जना विद्यार्थीहरु वर्गिकृत हुन सफल भएका छन् भने संस्थागत विद्यालयको औषत उत्तीर्ण प्रतिशत ५१.७२ % रहेको छ।
पालिकाको धारणाः शिक्षा पहिलो प्राथमिकता
पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार, गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा गरेको लगानी ले सार्थकता पाएको तर, सन्तोष हुने अवस्था नरहेकाले आगामी वर्षहरूमा शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले शैक्षिक लगानीमा वृद्धि गर्ने र शिक्षाको विकास र सुधारका लागि रणनितिक योजना निर्माण गरी सोको प्रभाकारी कार्यान्वयन गर्न गाउँपालिका प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
शिक्षण सिकाइको प्रमुख र महत्वपुर्ण पक्ष शिक्षक रहेकाले शिक्षकहरूको क्षमता विकास, नविनतम शिक्षण विधि तथा पद्धति र बालमैत्री वातावरण निर्माण गर्दै उदाहरणीय पैयूँ वनाउँने अभियानमा गाउँपालिका अगाडि बढ्ने अध्यक्षले बताएका छन् ।
त्यसै गरी शिक्षाको सुधार र विकास मार्फत मात्र देशको विकास सम्भव भएकाले तीनै तहका सरकारहरुले यसलाई महत्व प्रदान गरी अगाडी वढाउनु पर्ने धारणा गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले वताएकी छन्।
शिक्षा शाखा प्रमुखले स्थानिय सरकारले तय गरेका शैक्षिक नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाउँदै, “नीति तथा कार्यक्रम बनाउनु मात्र पर्याप्त नभएकोले निर्धारित नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयनवाट मात्र पालिकाले लिएको शैक्षिक लक्ष्य हासिल गर्न सम्भव हुने विचार व्यक्त गर्दै कार्यान्वयनमा कटिवद्ध रहेको धारणा व्यक्त गर्दै शिक्षाको सुधारमा सवै सरोकारवालाहरुको सहयोग को अपेक्षा समेत गर्नुभयो।
हालै प्रकाशित नतिजाले शिक्षा क्षेत्रमा सुधारको संकेत दिएको छ। तर, शैक्षिक गुणस्तर, सिकाइ उपलब्धि, शिक्षकको क्षमता विकास र विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न शिक्षा सम्वद्ध सवै पक्षहरुले अझ धेरै मेहनत, लगानी र प्रतिबद्धता आवश्यक देखिन्छ।