Logo

शनिवार, कार्तिक १ गते २०८३

images

१२ को परीक्षामा सहभागी नहुन प्रअ, शिक्षक र कर्मचारीलाई आग्रह

१२ को परीक्षामा सहभागी नहुन प्रअ, शिक्षक र कर्मचारीलाई आग्रह

  • PNN Times
  • मंगलवार, बैशाख ९ २०८२


  • १२ को परीक्षामा सहभागी नहुन प्रअ, शिक्षक र कर्मचारीलाई आग्रह
    नेपाल शिक्षक महासंघले ११ वैशाखदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै परीक्षामा सामेल नहुन र काठमाडौंकेन्द्रित आन्दोलनमा आउने आग्रह गरेको हो ।
    ‘वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ ।’
     
    महासंघले सबै केन्द्राध्यक्षलाई काठमाडौंमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।

    मंगलवार, बैशाख ९ २०८२०४:५६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend