पर्वत — पैयूँ गाउँपालिकाले गोरु पालन गर्ने किसानहरूलाई लक्षित गर्दै अनुदान दिने भएको छ। ।
गोरु पालनलाई कृषिमा आधारित स्वरोजगारको माध्यमका रूपमा विकास गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। अनुदानमार्फत किसानहरूलाई पशु गोठ सुधार, आहार व्यवस्थापन, घाँस उत्पादन प्रवर्द्धनजस्ता काममा किसानहरूलाई प्रोत्साहनस्वरूप अनुदान प्रदान गरिनेछ।
गाउँसभाको १६ औं अधिवेशनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा यस योजना समावेश गरिएको छ । पालिकाले स्थानीय किसानहरूको आयस्तर वृद्धि तथा परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउने उद्देश्यले यो कार्यक्रम अघि सारेको जनाइएको छ।
पालिका उपाध्यक्ष याम कुमारी रानाका अनुसार, किसानहरूलाई लक्षित गरेर ल्याइएका यस्ता कार्यक्रमले गाउँमै स्वरोजगार र कृषि उत्पादनमा आत्मनिर्भरताको मार्ग तयार पार्ने विश्वास गरिएको छ।
पालिकाले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्याउने नीति लिएको जनाइएको छ।
पालिकाकाले गोरुपालक किसानलाई लक्षित गरि पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ ।