Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा विद्यार्थी सम्मान

रामपुरमा विद्यार्थी सम्मान

  • PNN Times
  • सोमवार, आषाढ २३ २०८२


  • रामपुरमा विद्यार्थी सम्मान

    असार २३, रामपुर
    पाल्पाको रामपुरमा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । रामपुर नगरपालिकाद्वारा मेयर संँग बालबालिका कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा—२०८१ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।
    बालबालिकाको समस्या पहिचानसंँगै आवश्यक सुझाव सङ्कलन गर्नका लागि कार्यक्रम गरिएको नगरपालिकाले जानकारी गराएको छ । वडा नम्वर ६ को दरैठाँटी माध्यमिक विद्यालय विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासंँग नगरप्रमुख रमण बहादुर थापाले अन्तरक्रियासमेत गर्नु भएको थियो । सहभागीहरुले बालबालिकाको क्षेत्रमा आगामी वर्ष हुने कार्यक्रम, बजेट, दिवा खाजा, बालबालिकाको प्रतिभा प्रस्फुटनमा नगरले लिएको नीति, लागुपदार्थ दुव्र्यासनी न्यूनिकरण, सामुदायिकसंँगै निजी विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम सञ्चालनका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । साथै छात्राहरुले विद्यालयका लागि वितरण गरिएका सेनेटरी प्याडको गुणस्तरको बारेमा पनि प्रश्न गरेका थिए । बालबालिकाको प्रश्न र जिज्ञासाको सम्वोधन गर्दै नगरप्रमुख थापाले बालबालिका भविष्यको आधार भएकाले उनीहरुको समस्या र धारणा बुझ्न कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो । उहाँले पूर्वाधार विकाससँंगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको उल्लेख गर्नुभयो । उहाँले बालमैत्री स्थानीय शासन लागू गर्नका लागि सुरु भएको अभियान मार्फत बालबालिकाको क्षेत्रमा थप कार्य गरिने जानकारी गराउनुभयो । असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नो तर्फबाट र अन्य संघ संस्था संँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख थापाले उल्लेख गर्नुभयो । आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपर्ने उहाँको भनाई छ । बालबालिकाको सुझावलाई पूर्ण पालना गर्दै नगरपालिका अघि बढ्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख थापाले शिक्षा आर्जन गरी देशको लागि योगदान गर्छु भन्ने धारणाका साथ अघि बढ्न बालबालिकालाई अनुरोध गर्नुभयो । कार्यक्रमको अवसरमा माध्यमिक शिक्षा परीक्षा एसईईमा नगर भित्रका विद्यालय बाट ३.६ जिपिए वा सो भन्दा माथि अंक ल्याउने ८७ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको छ ।
    यसैगरी एसईईमा ए प्लस सहित नतिजा ल्याउन सफल नगर भित्रका १२ विद्यालयलाई पनि नगरपालिकाले सम्मान गरेको छ । कार्यक्रमको अवसरमा नगर भित्रका ५२ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका ३ सय ३६ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रम मार्फत छात्रवृति प्रदान गरिएको थियो । 516373054_691564537042371_867135188169381472_n.jpg

    सोमवार, आषाढ २३ २०८२०७:४७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend