मंसिर १७, स्याङजा । पुतलीबजार नगरपालिका नगर प्रमुख सिमा कुमारी क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा पुतलीबजार नगरपालिका–१३, मा रहेको माझीबस्तीका बालबालीकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । नगरप्रमुख क्षेत्रीले जन्मदिनको अवसर पारेर माझी बस्तीका २८जना बालबालीकाहरुलाई झोला, कापी कलम र टोपी वितरण गर्नु भएको हो ।
शैक्षिक सामाग्री वितरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले माझी बस्तीका बालबालीकाहरुलाई अध्यान गर्न सहज हुनेउद्देश्यले आफुले सामाग्री वितरण गरेको बताउनु भयो । प्रमुख क्षेत्रीले आफुले अन्य क्षेत्रमा पनि पटक पटक सहयोग गरेको बताउदैयसपाली माझी बस्ती रोजेको जानकारी दिनु भयो।
उहाँले स्कुल नजाने विद्यार्थीहरुलाई विद्यालय जान अनुरोध गर्दै आवश्यक पर्ने सहयोग पुतलबिजार नगरपालिकाले गर्ने बताउनु भयो ।शैक्षिक सामाग्री वितरण कार्यक्रमले आफुलाई पढ्ने उर्जा थपीएको विद्यार्थी बालबालीकाहरुले बताए ।
उनीहरुले पुतलीबजार नगरपालिकाबाट धेरै सहयोग प्राप्त गरेको बताएका छन । शैक्षिक सामाग्री वितरण कार्यक्रमको संचालनपुतलीबजार नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं. १३ का अध्यक्ष ख्यामनारायण अधिकारीले गरेका थिए ।