Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा “पढ्दै कमाउँदै कार्यक्रम”

पैयूँमा “पढ्दै कमाउँदै कार्यक्रम”

  • PNN Times
  • सोमवार, भाद्र ९ २०८२


  • पैयूँमा “पढ्दै कमाउँदै कार्यक्रम”

    पैयूँ गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको “पढ्दै कमाउँदै कार्यक्रम” अन्तर्गत UNDP  सँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी लगायतका क्षेत्रमा सम्पूर्ण घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

    साे कार्यक्रम  पैयूँ गाउँपालिकाको सभाहलमा इम्प्रेड नेपालको सहकार्यमा सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा हुवास बहुमुखी क्याम्पस र पैयूँ बहुमुखी क्याम्पसमा अध्ययनरत २३ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले तथ्याङ्क सङ्कलन कार्यमा प्रत्यक्ष संलग्न हुनेछन्।

    images

    कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री तोरण मल्ल ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष  याम कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैरे, इम्प्रेड नेपालका कार्यक्रम संयोजक श्री माधव पराजुली, गाउँपालिका कार्यालयका कर्मचारी तथा सहभागी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    अध्यक्ष ठकुरीले विद्यार्थीहरू मार्फत गरिने तथ्याङ्क सङ्कलन कार्यले पैयूँ गाउँपालिकाको यथार्थ अवस्था उजागर गर्ने विश्वास व्यक्त गर्दै भने, “तथ्यमा आधारित नीति निर्माण, योजना र बजेट निर्धारणमा यसले ठूलो मद्दत पुर्‍याउनेछ। साथै, यसले विद्यार्थीहरूलाई व्यवहारिक अनुभव र स्थानीय विकासमा योगदान गर्ने अवसर प्रदान गर्नेछ।”  उपाध्यक्ष याम कुमारी रानाले तथ्याङ्क सङ्कलन कार्यमा विद्यार्थीहरूको संलग्नताले उनीहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको समर्पण भावना विकास हुने बताउनुभयो।

    कार्यक्रमले विद्यार्थीहरूलाई समुदायमा पुगेर गुणस्तरीय र विश्वसनीय तथ्याङ्क संकलन गर्न आवश्यक सीप, दृष्टिकोण र जिम्मेवारीबोध प्रदान गर्ने अपेक्षा गरिएको छ।

    सोमवार, भाद्र ९ २०८२०२:०३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend