Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पूर्णामृत भवानी माविले ६३औँ वार्षिकोत्सव दिवस 

पूर्णामृत भवानी माविले ६३औँ वार्षिकोत्सव दिवस 

  • PNN Times
  • मंगलवार, पौष ८ २०८२


  • पूर्णामृत भवानी माविले ६३औँ वार्षिकोत्सव दिवस 

    वालिङ, ८ पुस ।
    स्याङ्जाको वालिङ १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यालयले ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमसहित आफ्नो ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । 

    कार्यक्रमको समुद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनियाले सीपमूलक शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभयो । विदेशमा रहेका विद्यालयहरुले सीपमूलक शिक्षालाई प्राथामिकतामा राखेर अगाडि बढेको उदाहरण दिँदै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति खनियाँले उचित शिक्षा नीतिका कारण नै नेपालका विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित भएको उल्लेख गर्नुभयो । पढाईसंँगै आर्थिक उपार्जन गरी परिवारलाई पैसा पठाउने अन्तर्राष्ट्रिय शिक्षाको पद्दति रहेको बेला नेपालमा भने सैद्धान्तिक विषयमा मात्रै केन्द्रित हुँदा यहाँको शैक्षिक प्रणाली कमजोर हुँदै गएको उहाँले औंल्याउनुभयो ।
    यसैगरी मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले देशमै रोजगारको सिर्जना नहुँदा विदेशिनुपर्ने बाध्यता रहेको बताउँनुभयो । शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनुपर्नेमा उहाँको जोड छ । स्याङ्जा जिल्लाको हकमा सामुदायिक विद्यालयहरुमध्ये पूर्णामृत माविले प्राविधिक शिक्षालाई प्राथामिकता दिएर अगाडि बढेको र अबको शिक्षामा जीवन जिउने कला र सीपमूलक हुनुपर्ने ढकालको भनाई थियो । कृषिमा पूर्ण संभावना बोकेको नेपालमा कृषि क्षेत्रबाट धेरै रोजगारीको सिर्जना गर्न सकिने र कृषिमा नयाँ आयाम थप्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको उहाँले उल्लख गर्नुभयो ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको गत वर्षको ३ करोड ८९ लाख ३३ हजार ३ सय ७ रुपैँया गत वर्षको र ६ करोड ३५ लाख ३२ हजार ८ सय ५४ रुपैँयाको चालु वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ३५ जना विद्यार्थी अध्यनरत छन् । कक्षा ९ र १० मा बाली विज्ञान विषयको अध्ययन हुने विद्यालयमा स्याङ्जा सहित छिमेकी जिल्ला पर्वतका विद्यार्थीसमेत अध्ययनरत छन् । विद्यालयमा ५० जना विद्यार्थीले आवासीय अध्ययन गरिरहेका छन् । कार्यक्रममा विद्यार्थीहरुले योग, नृत्य, गीत तथा विज्ञान प्रदर्शनी, कराँतेका विभिन्न कलाहरु देखाएका थिए । 1000006703.jpg

    मंगलवार, पौष ८ २०८२०६:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend