मंसिर २३, स्याङ्जा । नेपाली कांग्रेसका नेता संघीय सांसद मोहनप्रसाद पाण्डेलाई मंगलबार नेपाली कांग्रेस स्याङ्जाले बधाई तथा शुभकामना दिएको छ । कांग्रेसले मंगलबार स्याङ्जाको वालिङ्मा एक कार्यक्रम गर्दै पाण्डेलाई बधाई तथा सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद पाण्डेले आफुले नेपाली जनताको हक हितको लागि काम गर्ने बताउनु भएको छ । उहाँले आफु कसैलाई किनारा लाउने अभियानमा नलाग्ने र सबैलाई स्थापित गर्ने अभियानमा लाग्ने बताउनु भयो । पार्टीका कुनै पनि साथिहरु कोही कसैलाई किराना लगाउन पर्यो भनेर आफुसंग नआउन भन्दै उहाँले पार्टीलाई बलियो बनाउन पर्यो भनेर आफुसंग आउन सबैलाई आग्रह गर्नु भएको छ ।
उहाँले मुलुकभरबाट मत पाएको भन्दै आफु सबैको साझा रहेको बताउनु भयो । पाण्डेले आफु कम्युनिष्टको अधिनायकवादी सत्ताको विरुद्ध बाल्ने र संसदमा कांग्रेस जाग्ने बताउनु भयो ।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बनेका हुन ।