Logo

शनिवार, कार्तिक १ गते २०८३

images

साझा र विवेकशीलबीच एकता

साझा र विवेकशीलबीच एकता

  • PNN Times
  • बुधवार, मंसिर २४ २०७७


  • साझा र विवेकशीलबीच एकता

     मंसिर २४, काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले अलग भएको २२ महिनापछि पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

    एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।

    images

    एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

    ranju 1.jpg

    एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

    यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए । दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गरेका छन् । 

    #अनलाईन_खबरबाट 

    बुधवार, मंसिर २४ २०७७०६:३२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend