Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको फुटबल "तारा" भविष्य खोज्दै परदेशिए

पैयूँको फुटबल "तारा" भविष्य खोज्दै परदेशिए

  • PNN Times
  • शुक्रवार, बैशाख ११ २०८३


  • पैयूँको फुटबल "तारा" भविष्य खोज्दै परदेशिए

    पैयूँ, पर्वत ।  पैयूँको उराठलाग्दो खेल मैदानलाई उत्सवमा बदल्ने एक जाँगरिलो नाम हो- अर्जुन बस्याल। मर्दीखोला युनाइटेड क्लबको नेतृत्व सम्हाल्दै पैयूँको फुटबललाई जिल्ला हुदै‌ देशभर सम्म चिनाएका अर्जुन, अन्ततः परिस्थितिको बाध्यतासँगै भविष्य खोज्न विदेशिनु परेको छ। उनको यो प्रस्थानले पैयूँको खेलकुद क्षेत्रलाई मात्र होइन, यहाँका उर्जावान् युवाहरूको मनलाई पनि निकै भावुक बनाएको छ।

    एक ’नक्षत्र’ जसले खेलाडी जन्मायो..

    अर्जुन बस्याल केवल एक क्लबका अध्यक्ष मात्र थिएनन्, उनी पैयूँका सयौँ भाइबहिनीहरूका लागि फुटबलका ’गुरु’ पनि थिए। गाउँको कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई खोज्ने, उनीहरूलाई बुट र बलको व्यवस्था गरिदिने र मैदानमा पसिना बगाउन सिकाउने उनको शैली लोभलाग्दो थियो। आज पैयूँबाट राष्ट्रिय स्तरमा जुन खेलाडीहरूले प्रतिनिधित्व गरिरहेका छन्, त्यसमा अर्जुनको रगत र पसिना मिसिएको छ।

    मैदान रित्तो, मन भारी...

    images

    मर्दीखोलाको किनारामा फुटबलको माहोल तताउने तिनै अर्जुन जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट बाहिरिए, तब पैयूँका खेल मैदानहरू सुस्ताए जस्ता देखिए। “जसले हामीलाई मैदानमा लड्न र जित्न सिकायो, आज उही सारथी आफ्नै जीवनको खेल जित्न बिरानो मुलुक जानु पर्दा मन भारी भएको छ,“ एक स्थानीय खेलाडीले भावुक हुँदै भने।

    बाध्यताको वैदेशिक यात्रा..

    फुटबलमा भविष्य देखेका अर्जुनले आफ्नो खेल जीवन र नेतृत्वलाई पैयूँकै माटोमै खर्चिए। हजारौँलाई फुटबलमार्फत संसार चिनाउने अर्जुन, अन्ततः आफ्नै परिवार र भविष्यको गर्जो टार्न परदेशको श्रम बजारमा ओर्लिनु परेको छ। यो पैयूँको लागि मात्र नभई देशकै खेल क्षेत्रको एउटा तितो यथार्थ हो।

    आशा अझै बाँकी छ...
    अर्जुन बस्याल परदेशिए पनि उनले पैयूँको फुटबलमा कोरिदिएको मार्गचित्र र युवाहरूमा जगाएको जोश सधैँ जीवित रहनेछ। उनी शारीरिक रूपमा टाढा भए पनि पैयूँको खेल जगतले उनलाई सधैँ सम्झिरहनेछ।


    शुक्रवार, बैशाख ११ २०८३०७:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend