मंसिर २९, स्याङ्जा । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेपाली कांग्रेसले देश बचाउने बताउनु भएको छ ।
स्याङ्जा जिल्ला समितिद्वारा सोमबार आयोजित विरोध प्रदर्शनमा नेता गुरुङले अहिलेको सरकार र राजाले नभई नेपाली कांग्रेसले मात्र देश बचाउन सक्ने बताउनु भएको हो ।
उहाँले नेकपाले भ्रष्टाचार मात्र गरेको, सुरक्षा र पक्षपात गरेको भन्दै सरकार असक्षम भएको बताउनु भयो ।
सत्ताको दुरुपयोग भइरहेको छ त्यसैले नेपाली जनाताले दुख पाएको भन्दै नेता गुरुङले लामो संघर्षबाट आएको लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू अलोकतान्त्रिक बनेको बताउनु भयो ।
उहाँले नेकपालाई मात्र होईन राजा आउ देश बचाउ भन्नेहरुलाई राजाले आफ्नो गद्दी बचाउन नसकेकोले अब कांग्रेसको विकल्प नरेहेको बताउनु भयो ।