पौष ४, पैयूँ । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र क्षेष्ठले आफ्नो जन्मदिनको अवसर शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । वडा अध्यक्ष श्रेष्ठले पैयूँ ४ को जनसेवा संस्कृत माविका ६ सय २४ र पैयूँ १ को खेल्ने पोखरी प्राविका ४२ जना विद्यार्थीहरुलाई कापी, कलम र मास्क वितरण गर्नु भएको हो ।
साथै खेल्ने पोखरीका एक जना जेहेन्दार विद्यार्थीलाई ७ हजार नगद छात्रवृत्ति समेत प्रदान गरेको वडा अध्यक्ष वडा अध्यक्ष महेन्द्र क्षेष्ठले जानकारी दिनु भयो ।
उहाँले विद्यार्थीहरुलाई अध्यन गर्न सहज होस र उनिहरु कुनै पनि पढ्ने समयमा कुनै पनि समस्या भोग्न नपरोस भनेर आफुले शैक्षिक सामाग्री र छात्र वृत्ति वितरण गरेको बताउनु भयो ।
अध्यक्ष क्षेष्ठले आफुले अन्य क्षेत्रमा पनि पटक पटक सहयोग गरेको र आगमी दिनहरुमा समेत सहयोग गर्ने जानकारी दिनु भयो । शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरुले आफुलाई पढ्ने उर्जा थपीएका बताएका छन ।