Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जिल्ला समन्वय समिति स्याङ्जाद्वारा अनुगमन

जिल्ला समन्वय समिति स्याङ्जाद्वारा अनुगमन

  • PNN Times
  • मंगलवार, पौष ७ २०७७


  • पौष ०७, वालिङ ।  जिल्ला समन्वय समिति स्याङ्जाले जिल्लाका विभिन्न पालिकाहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय प्रमुख सीताकुमारी सुन्दासकोे टोलीले जिल्लाका एघार पालिकाहरुको भौतिक पूर्वाधार निर्माण, नगरका आन्तरिक योजनाहरुको अनुगमन गरी आवश्यक सल्लाह सुझाव तथा रायहरु दिएको उपप्रमुख बगालेले बताउनुभयो ।
     
    समन्वय समितिले सोमबार र मंगरबार भीरकोट नगरपालिकाका भौतिक पूर्वाधारहरु तथा नगरभित्रका आन्तरिक योजनाहरुको अनुगमन गरेको हो ।
     
    समितिले भीरकोट नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन, सिटी हल, सामुदायिक भवनहरु, प्याराग्लाईडिङको गुरुयोजना, गडहरे गुफा, आन्तरिक सडक सञ्जालको अवस्था लगायतका भौतिक पूर्वाधार तथा योजनाहरुको अनुगमन गरी आवश्यक सल्लाह, सुझावहरु दिईएको उपप्रमुख बगालेले बताउनुभयो ।
     
    अनुगमनका क्रममा पालिका–पालिकाहरुबीच साझा सम्पत्तिकारुपमा रहेका धार्मीक, ऐतिहासिक एवं पर्यटकीय संभावनाका स्थलहरुको विकास तथा जनचासोका विषयहरुमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने देखिएको उपप्रमुख बगालेले बताउनुभयो ।
     
    यसअघि समितिले आँधीखोला गाउँपालिकाको अनुगमन गरेको थियो भने बुधबार र बिहीबार वालिङ नगरपालिकाको अनुगमन गर्ने कार्यसूचि रहेको उपप्रमुख बगालेले बताउनुभयो । 
     

    मंगलवार, पौष ७ २०७७०७:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend