पोष १२, स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले राजा सहितको हिन्दुराष्ट्र माग गरेको छ । आईतबार राजा सहितको हिन्दुराष्ट्र माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी समक्ष विज्ञप्ती बुझाएको छ ।
पार्टीको ७७ वटै जिल्लामा जिल्ला प्रसाशसन मार्फत प्रधानमन्त्री समक्ष विज्ञप्ती बुझाउने कार्यक्रम अन्तरगत राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका अध्यक्ष भुमी जंग केसीले राजा सहितको हिन्दुराष्ट्र माग गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी महेश बस्नेतलाई विज्ञप्ती बुझाउनु भएको हो ।
पार्टीले देशमा हिन्दु राष्ट्र कायम गर्न प्रधान मन्त्री समक्ष माग गरेको छ । साथै पार्टीले देशमा भएको अराजकता विरुद्ध कडाईका साथ संघर्षमा उत्रिन कार्यकर्ताहरुलाई समेत आह्वान गरेको छ ।