Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राजनीतिक हस्तक्षेप रोक्न वालिङमा एकै दिन ७२ वटा विद्यालयमा व्यवस्थापन समिति गठन

राजनीतिक हस्तक्षेप रोक्न वालिङमा एकै दिन ७२ वटा विद्यालयमा व्यवस्थापन समिति गठन

  • PNN Times
  • शुक्रवार, माघ ९ २०७७


  • राजनीतिक हस्तक्षेप रोक्न वालिङमा एकै दिन ७२ वटा विद्यालयमा व्यवस्थापन समिति गठन

    माघ ९, वालिङ । सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्दा अनावश्यक रुपमा राजनीतिक हुने कारण शिक्षामा सुधार नआएको भन्दै स्याङ्जाको वालिङ नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न  नयाँ अभ्यास सुरु गरेको छ । 

    नगरपालिकाले शुक्रबार नगरभित्र रहेका ७२ वटा सामुदायिक विद्यालयमा एकै साथ व्यवस्थापन समिति गठन गरेको छ । नगरपालिकाले एकैदिन एकैपटक एउटै समयमा आधारभुत र मावि विद्यालयहरुमा व्यवस्थापन समिति गठन गरेको हो ।

    images

    समितिमा एकरुपता गराउन र स्वतन्त्र ढंगले समिति गठन गरी विद्यालयमा राजनीति हस्तक्षेप नहोस भन्ने उद्देश्यले एकैपटक विद्यालय व्यवस्थापन समिति गठन गर्न यो अभ्यास शुरु गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले बताउनु भएको छ । 

    3.jpg

    नगरपालिकाले ७२ जना कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिमुखीकरण तालिम दिएर सबै विद्यालयमा पठाएको थियो । ३ बर्षका लागि हुने समिति ९ जनाको हुनेछ ।  वालिङ नगरभित्र १६ मावि, ८ निमावि र ४८ प्रावि गरी ७२ वटा सामुदायीक विद्यालय रहेका छन् ।

    शिक्षामा सुधार ल्याउन र विद्यालयमा राजनिति हस्तक्षेप बन्द गर्न वालिङ नगरपालिकाले सुरु गरेको यो अभ्यासबाट अन्यले पनि केही सिक्ने कि ? 

    शुक्रवार, माघ ९ २०७७०५:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend