वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।
‘पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक हो,’ उनले भने । नेता खनालले दलहरुको विवाद निरुपण नगरी आयोग निर्वाचनमा जान नमिल्ने बताए । ‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन,’ खनालले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुदैन।’
प्रकाशित : माघ २०, २०७७

