माघ २०, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी मेघनाथ न्यौपानेले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । न्यौपानेले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण कार्यको लागि आमा यामकला न्यौपानेको हातबाट आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाँच हजार (५०००) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन” ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।

आफ्नो गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाउन सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको समाजसेवी न्यौपानेले बताउनु भएको छ । उहाँले आफुहले सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समेत बताउनु भयो ।
पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ बानिडाडा घर भएका न्यौपानेको परिवार कावासोतिमा बस्दै आउनु भएको छ भने न्यौपाने हाल युएईमा कार्यरत हुनुहन्छ । ।

“द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001
