Logo

शनिवार, कार्तिक १ गते २०८३

images

न्यायलयको बिषयमा बोल्नुहुदै काङ्ग्रेसकी प्रभावशाली नेतृ बर्मा !

न्यायलयको बिषयमा बोल्नुहुदै काङ्ग्रेसकी प्रभावशाली नेतृ बर्मा !

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • न्यायलयको बिषयमा बोल्नुहुदै काङ्ग्रेसकी प्रभावशाली नेतृ बर्मा !

    न्यायलयको बिषयमा बोल्नुहुदै काङ्ग्रेसकी प्रभावशाली नेतृ बर्मा !

    जन न्युज नेपाल खबर डट कम :

    images

    सह- सम्पादक  नमुना दहाल कार्की ।

     

    काठमाडौं / श्रावण १५ गते  बिहीबार ! लोकतन्त्रको प्रमुख शर्त भनेकै स्वतन्त्र र सक्षम न्यायपालिका हो। न्यायलय बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ।संघीय संरचनामा गएको राज्यले यो परिबर्तित समय र सन्दर्भमा संविधानको सर्बोच्चता, कानुनी शासन,लोकतन्त्र र मानव अधिकारको संरक्षण र सम्बर्द्धन मात्र होइन । यसको उपस्थितको आभास जनताले पाउनु पर्‍यो । हाम्रो संविधानले न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउने प्रयास गरेको छ । तर राजनैतिक शक्ति केन्द्रले न्यायपालिकालाई आफू अनुकूल प्रयोग गर्न खोज्नुले आजको न्यायपालिकाको एतिहासिक गरिमा खस्कादै गएको छ। बागमती प्रदेश सभासद बिजुला बर्मा भन्नुहुन्छ ।

    हिजो देखि अहिले सम्मका  घट्ना, परिवेश र अभ्यास लाई हेर्दा न्यायलय यसरी पटकपटक विवादमा तानिनुको प्रमुख कारण भनेको राजनैतिक भागबन्डा, हस्तक्षेप र दलिय प्रवृत्ति नै उद्धत देखिन्छ। उहाँ भन्नुहुन्छ लोकतन्त्रमा यस्तो परिपाटी सहिय हुदैन। नेता राजनीति दलले बेलैमा बुद्धि नपुर्‍याउने हो भने समाज ठूलो भुमरीमा फस्न सक्ने नमिठो यथार्थ  हाम्रो सामु छ। यसका लागि दल र नेताहरु समयमै  सच्चिन जरुरी छ।

    नेताहरुले यो बुझ्न् पर्‍यो कि आदर्श लोकतान्त्रिक समाजको निर्माण तेतिबेला सम्भब छ। जतिबेला राजनीति हस्तक्षेपबाट न्यायलय मुक्त हुनेछ। यसकारण पनि न्यायलय लाई स्वच्छ र मुक्त राखौं । जनतालाई शान्ति सुरक्षा र लोकतान्त्रिक शासन ब्याबस्थाको प्रत्याभूति दिलाउन। र बिश्व सामु नेपालको शान शिर नझुकाउन र सहि तबरबाट अन्यायमा परेका जनताको सहि न्याय पाउन को लागि पनि न्यायलय माथिको हस्ताक्षप बन्द गरिनु पने काङ्ग्रेस नेतृ बिजुला बुर्मा को भनाइ छ। अहिलेको अबस्थामा न्यायलयलाइ विवादमा ल्याउनु र राजनीतिक भागबन्डाको रडाको मच्चाएर शासन चलाउन खोज्नु भनेको लोकतन्त्रप्रतिको उपहास गर्नु हो। स्वतन्त्र न्यायपालिकालाई विभिन्न तबरबाट बिबादास्पद बनाउने काम गर्नु र जनताको हित बिपरित काम गर्नु भनेको न्यायलय मात्रै नभएर देशका जनता माथिको कुठाराघात हो। जनता दास होइनन् । जनता नै  सर्बपरी हुन भन्ने कुरालाई ध्यानमा राख्न राजनीतिक दलको नेतृत्वलाई  सुझाव पनि दिनु भएको छ।

     

    बुधवार, श्रावण २१ २०७७०४:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend