Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाको आर्थिक सहयोग

मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाको आर्थिक सहयोग

  • PNN Times
  • आइतवार, फाल्गुण २ २०७७


  • मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाको आर्थिक सहयोग
    फाल्गुन २, हल्दिबारी । वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।
    अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिएकी छन् । 
    झापा जिल्ला हल्दिवारी -३ निवासी मृगौलारोगी मन्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित रकम ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताएकी छन् ।  
    फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउत र एलआर पौडेलले पीडित बिरामीको घरमै पुगेर  सहयोग रकम हस्तान्तरण गरेका छन् । 
    सहयोग रकम बुझदै पीडित ठकुरीले   झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

    आइतवार, फाल्गुण २ २०७७१०:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend