फागुन १८ , पैयूँ । पैयूँको भोर्लेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ७ भोर्लेले वडा बासीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
वडाले कोभिड १९ बिरुद्ध भ्याक्सिङ लगाउन, वडा भित्रका सडक अध्यावधिक बनाउन र १० शैयाको अस्पतालको माग गर्न वडाबासीहरुसंग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष भिम बहादुर गुरुङले कोभिड १९ विरुद्धको भ्याक्सिन २३ देखि २५ गते सम्म जेष्ठ नागरिकलाई लगाउने बताउनु भयो ।

उहाँले जेष्ठ नागरिकलाई सहज होस भनेर वडामा नै खोप लगाउने व्यवस्था गरेको जानकारी दिनु भयो । साथै अध्यक्ष गुरुङले कोभिड बिरुद्धको खोप लागाउन सबैमा आग्रह गर्नु भयो ।
कार्यक्रममा सडक अध्यावधिक र वडामा नै १० शैयाँको अस्पतालको माग गर्न नागरिकले सहमति जनाएका छन ।