Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयुँमा १ करोड भन्दा धेरै बजेट फ्रिज

पैयुँमा १ करोड भन्दा धेरै बजेट फ्रिज

  • PNN Times
  • बिहिवार, श्रावण २९ २०७७


  • पैयुँमा १ करोड भन्दा धेरै बजेट फ्रिज

     

    पैयुँ, पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा १ कारोड भन्दा धेरै रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७५/७६ मा पैयुँ गाउँपालिकाको १ करोड ७५ लाख ३० हजार २ सय २८ रुपैयाँ २५ पैसा फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट विनियोजित शसर्त अनुदानको रकम मध्येको १ करोड भन्दा धेरै रकम फ्रिज भएको हो ।

    images

    गाउँपालिकालाई शसर्त अनुदान मार्फत विभिन्न योजनाहरुमा १५ करोड ५५ लाख ७ हजार रुपैयाँ रकम अख्तियारी भएकोमा १३ करोड ८५ लाख ८१ हजार ७५ पैसा निकासा भएको थियो । शसर्त रकम मध्ये गाउँपालिकाले १३ करोड ७९ लाख ७६ हजार ७ सय ७१ रुपैयाँ ७५ पैसा खर्च गरको छ ।

    गाउँपालिकालाई नविकरण उर्जाको लागि विनियोजित रकम १० लाख रुपैयाँ मध्ये २६ हजार ४ सय ४५ रुपैयाँ फ्रिज भएको छ । 

    स्वास्थ्यको लागि विनियोजीत २ करोड ७० लाख ८३ हजार रुपैयाँ मध्ये ८१ लाख ५३ हजार ८ सय ५८ रुपैयाँ रकम फ्रिज भएको छ ।

    आयुर्वेदको लागि विनियोजन रकम २७ लाख ८७ हजार रुपैयाँ मध्ये ८ लाख ६७ हजार ७ सय २१ रुपैयाँ रकम फ्रिज भएको छ । त्यसैगरी कृषि तथा पशुको लागि विनियोजन रकम ४१ लाख २८ हजार रकम मध्ये ६ लाख ४१ हजार ८ सय २५ रुपैयाँ फ्रिज भएको छ । शिक्षा क्षेत्रको लागि विनियोजित ११ करोड ४६ लाख ७४ हजार मध्ये ७४ लाख १० हजार ८ सय ३३ रुपैयाँ रकम फ्रिज भएको छ । त्यसै गरी युवा तथा खेलकुद, महिला विकास कार्यकक्र, ग्रामिण पहुच कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गरेर १ करोड ७५ लाख ३० हजार २ सय २८ रुपैयाँ २५ पैसा फ्रिज भएको हो ।

    यसरी हेर्दा सबै भन्दा धेरै रकम फ्रिज स्वास्थ्य क्षेत्रमा भएको छ । गाउँपालिकाले कर्मचारी अभाव र लक डाउनका कारण काम गर्न नसक्दा उक्त रकम फ्रिज भएको बताएको छ । 

     

    बिहिवार, श्रावण २९ २०७७०९:२२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend