Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ -५ मा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

पैयूँ -५ मा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

  • PNN Times
  • सोमवार, चैत्र ९ २०७७


  • पैयूँ -५ मा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

    चैत्र ९, पैयूँ । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तरगत  पैयूँ गाउँपालिकाको सहजिकरणमा गरिबि निवारणका लागि लघु उद्यम विकास व्यवसाय सचेतना कार्यक्रम सम्पन्नभएको हो ।

    व्यवसाय सुरु एंव लैंगिक समानता तथा सामाजिक समावेशि करण तालिम ८ दिन सम्म चलेको थियो । सचेतना तालिम पछि सहभागिहरुले छनोट गरेको विषयमा पुन सिप विकासको तालिम हुने छ ।

    images

    सरकारले पछिल्लो समय लघु उद्यम मार्फत नागरिकलाई व्यवसायमा जोड्न व्यवसाय तालिम दिने भएको हो । 

    सिप सिकेरआफैमा  आत्मनिर्भर बन्न पैयूँ गाउँपालिकाका उपाध्यक्ष जसमति गरुङले तालिममा सहभागि सबैमा आग्रह गर्नु भएको थियो ।

    साथै वडा नम्बर ५ का वडा अध्यक्ष उमाकान्त भुर्तेलले  वडामा संचालन हुने तालिमबाट सिकेका कुरालाई

    व्यवहारमा समेत प्रभाव पर्ने गरी काम गर्न अनुरोध गर्नु भयो।

    कार्यक्रममा सहभागिहरुले समेत आफ्नो धारणा राखेका थिए । गरिबि निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत पैयूँ ४ वटावडाबाट ८० जनाले तालिम लिने छन ।

     

    सोमवार, चैत्र ९ २०७७११:०२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend