Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ जेसिजद्वारा होलिको अवसरमा शैक्षिक सामाग्रि वितरण

वालिङ जेसिजद्वारा होलिको अवसरमा शैक्षिक सामाग्रि वितरण

  • PNN Times
  • आइतवार, चैत्र १५ २०७७


  • वालिङ जेसिजद्वारा होलिको अवसरमा शैक्षिक सामाग्रि वितरण

    चैत्र १५, वालिङ । वालिङ जेसिजले होलि पूर्णिमाको अवसरमा विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वालिङ वडा ८ मारहेको अमिल्थुम आधारभुत विद्यालयका ४४ जना विद्यार्थीलाई कापी शैक्षिक सामाग्री वितरण गरेको हो ।

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी एंव वडा नम्बर ८ का वडा अध्यक्ष कलम सुवेदि विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीवितरण गरेर पढ्न हौषला प्रदान गरेकोमा धन्यवाद दिदै होलिको शुभकामना व्यक्त गर्नु भयो ।

    images

    साथै उहाले वालिङको विकासमा जेसिजले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

    कार्यक्रममा वालिङ जेसिज वर्ष २०२१ का अध्यक्ष विश्वास लम्सालले हरेक वर्ष जस्तै यो वर्ष पनि जेसिजले होलि मिलन कार्यक्रमगरेको र सोही कार्यक्रम अन्तरगत शैक्षिक सामाग्रि वितरण गरेको बताउनु भयो । उहाले विद्यार्थीहरुको पढाईमा थप मद्दत पुगोस भन्नेउद्देश्यले आफुले शैक्षिक सामग्री वितरण गरेको बताउनु भयो ।

    शैक्षिक सामाग्रि संगै होलि मिलन, पिकनिक र घैटो फोर्ने खेल समेत जेसिजले गरेको छ ।

    आइतवार, चैत्र १५ २०७७१२:३७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend