Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री गुरुङ

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री गुरुङ

  • PNN Times
  • बुधवार, जेठ ५ २०७८


  • पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न मन्त्रिपरिषदे विस्तार गर्न लागिएको हो 

    वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलका हैसियतमा मुख्यमन्त्री बनेका उनले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । असार नलाग्दै गण्डकी प्रदेशसभाबाट नीति तथा कार्यक्रम पारित गराउनुपर्ने भएकाले मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ ।

    images

    मन्त्री बन्नका लागि दौडधुप गरे पनि अहिलको मन्त्रिमण्डलमा नयाँ अनुहारले भने मौका नपाउने बताइएको छ । गुरूङले पुराना सबै मन्त्रीलाई पुन: निरन्तरता दिँदैछन् । स्रोतका अनुसार किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र राजीव गुरुङलाई नै मन्त्री बनाउन लागिएको छ ।

    बुधवार, जेठ ५ २०७८०३:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend