असार १, पर्वत । पर्वतको पैयुँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ठुलो दुर्घटना हुनबाट जोगिनु भएको छ । अविरल वर्षाका कारण पैयुँगाउँपालिका वडा नम्बर ३ बेउलीबास पुगेर पहिरोको विवरण र क्षति बारे बुझेर फर्कदै गर्दाबाटोमा अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमति गुरुङ चढेको गाडी पहिरोमा परेको थियो ।
वडा नम्बर २ स्थित कुसुण्डेको ओडारमा उनिहरु चढेको गाडीलाई माथिबाट खसेको पहिरोले पुरि दुर्घटना भएको हो ।
समयमै उद्धार हुन भएको कारण ठुलो दुर्घटना र क्षति हुनबाट जोगिएको गाउँपालिकाका जन सम्पर्क अधिकृत मिन प्रसाद न्यौपानेलेजानकारी दिनु भयो ।
न्यौपानेका अनुसार वडा नम्बर ३ मा पहिरोले क्षति भएको अनुगमन गर्न गएर फर्कने क्रममा अचानक पहिरो माथिबाँट आएर गाड़ी पुरेकोहो ।
गाडी पुरे पछि उहाँहरुलाई गाडीको झ्यालबाट निकालिएको थियो । अध्यक्ष र उपाध्यक्षको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको न्यौपानेले बताउनु भयो ।
