असार ४, पर्वत । जन्मदिनको अवसरमा समाज सेवी मोति भुर्तेल काफ्लेद्वारा पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । काफ्लेले जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षितआवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाच हजार रुपैयाँ (५०००/–) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ । फाउण्डेशनले ३ घर निर्माण कार्य सम्पन्न गरी सकेको छ।

सहयोगी मनकी धनी भुर्तेल बाबा स्वर्गीय छबिलाल भुर्तेल र आमा तुलसा भुर्तेलकी माईली छोरी हुन भने बाबा सुवाखर काफ्ले र आमा राधिका काफ्लेकी माईली बुहारी हुन।
उहाँले आफ्नो जन्म गाउँमा रहेको जोखिम बस्तीलाई द निर्भीक फाउन्डेशले सुरक्षित ठाउँमा बस्ती बनाई सार्न लागेको कार्यलाई आफ्नो जन्म दिन फजुल खर्च गरेर मनाउनु भन्दा केही सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।

द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001
