असार ५, पर्वत । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी विष्णु काफ्लेले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । काफ्लेले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाँच हजार पाँच सय (५५००/–) रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ५ खोरपोखरा जन्मघर भई हाल चितवनमा बसोबास गर्दै आउनु भएका काफ्लेले फाउन्डेशनले सुरु गरेको सुरक्षित बस्ती निर्माण अभियानलाई सहयोग गर्नु भएको हो । उहाँ दुग्ध बिकास संस्थान केन्द्रीय कार्यलयको वरिष्ठ प्रशासकिय अधिकृतको पदमा कार्यरत रहि हालै मात्र अवकाश लिनु भएको छ ।
द निर्भीक फाउण्डेशनले निर्माण गरेको घर..
आफ्नो जन्म ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी मानव जीवन रक्षार्थ सुरक्षित ठाउँमा घर बनाउन लागेको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनु भयो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोबाट बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ । फाउण्डेशनले ३ घर निर्माण कार्य सम्पन्न गरी सकेको छ ।
द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001
पहिरोले भत्काएको घर । जहाँ अहिले यहाँका नागरिक बसोबास गर्दै आएका छन।