Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सुरक्षित बस्ती निर्माणको लागि जन्मदिनमा युवा समाजसेवी भुर्तेलद्वारा आर्थिक सहयोग

सुरक्षित बस्ती निर्माणको लागि जन्मदिनमा युवा समाजसेवी भुर्तेलद्वारा आर्थिक सहयोग

  • PNN Times
  • शनिवार, आषाढ ५ २०७८


  • सुरक्षित बस्ती निर्माणको लागि जन्मदिनमा युवा समाजसेवी भुर्तेलद्वारा आर्थिक सहयोग

    असार ५, पर्वत ।  जन्मदिनको अवसरमा युवा समाज सेवी एंव विद्यार्थी कृष्ण भुर्तेलले  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग  प्रदान गर्नुभएको छ । 
    भुर्तेलले जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती  निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई एक हज़ार पचास  (१०५०/–) रुपैयाँ आर्थिकसहयोग गर्नु भएको हो ।
    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ । द निर्भीक फाउण्डेशनले ३ घर निर्माण कार्य सम्पन्न गरी सकेको छ । 

    Basti all.JPG

    सहयोगी मनका धनी भुर्तेल बाबा गुनाखर भुर्तेल र आमा यामकला  भुर्तेलका छोरा हुन । उहाँ  फाण्डेशनका सदस्य समेत हुन ।   

    आफ्नो जन्म गाउँमा रहेको जोखिम बस्तीलाई द निर्भीक फाउन्डेशले सुरक्षित ठाउँमा बस्ती बनाई सार्न लागेको कार्यलाई आफ्नो जन्म दिन फजुल  खर्च गरेर मनाउनु  भन्दा केही  सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनु भयो ।  

     द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  

    खाता नम्बरAC Name : The Nirbhik Foundation
    Bank Name : Garima Bikas Bank Waling Branch
    AC No : 00100100855183000001

    images

    शनिवार, आषाढ ५ २०७८११:०२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend