Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सुरक्षित बस्ती निर्माणको लागि जन्मदिनमा मामा भान्जाको आर्थिक सहयोग

सुरक्षित बस्ती निर्माणको लागि जन्मदिनमा मामा भान्जाको आर्थिक सहयोग

  • PNN Times
  • आइतवार, आषाढ ६ २०७८


  • सुरक्षित बस्ती निर्माणको लागि जन्मदिनमा मामा भान्जाको आर्थिक सहयोग

    असार ६, पर्वत ।  जन्मदिनको अवसरमा युवा समाज सेवी शिव न्यौपानेले र प्रिन्स भुर्तेलले पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग  प्रदान गर्नुभएको छ ।  न्यौपानेले आफ्नो र भान्जा प्रिन्स भुर्तेलको जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती  निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई दश हजार (१०,०००/–) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक 
    फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ । द निर्भीक फाउण्डेशनले ३ घर निर्माण कार्य सम्पन्न गरी सकेको छ ।

    Basti all.JPG

    सहयोगी मनका धनी न्यौपाने बाबा श्री कृष्ण न्यौपाने र आमा रन्नति न्यौपानेका छोरा हुन । उहाँ हाल कोरियामा कार्यरत छन । 

    आफ्नो ठाउँमा रहेको जोखिम बस्तीलाई द निर्भीक फाउन्डेशले सुरक्षित ठाउँमा बस्ती बनाई सार्न लागेको कार्यलाई आफ्नो जन्म दिन फजुल  खर्च गरेर मनाउनु  भन्दा केही  सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको न्यौपानेले बताउनु भयो ।  

    11.JPG

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  

    खाता नम्बरAC Name : The Nirbhik Foundation
    Bank Name : Garima Bikas Bank Waling Branch
    AC No : 00100100855183000001   

    आइतवार, आषाढ ६ २०७८१०:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend