Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जन्मदिनको अवसरमा सुक्षित बस्ती निर्माणको लागि समाजसेवी पाण्डेद्वारा आर्थिक सहयोग 

जन्मदिनको अवसरमा सुक्षित बस्ती निर्माणको लागि समाजसेवी पाण्डेद्वारा आर्थिक सहयोग 

  • PNN Times
  • मंगलवार, आषाढ १५ २०७८


  • जन्मदिनको अवसरमा सुक्षित बस्ती निर्माणको लागि समाजसेवी पाण्डेद्वारा आर्थिक सहयोग 

    असार १५, स्याङ्जा ।  जन्मदिनको अवसरमा समाज सेवी निर्मल पाण्डेले पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग  प्रदान गर्नुभएको छ । पाण्डेले  जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षितआवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई दश हजार रुपैयाँ (१०,०००/–) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।  फाउण्डेशनले ३ घर निर्माण कार्य सम्पन्न गरी सकेको छ ।

    ppp.jpg

    सहयोगी मनका धनी पाण्डे बाबा  टिकाराम पाण्डे र आमा टिमा पाण्डेका छोरा  हुनुहुन्छ । हाल उहाँ कोरियामा कार्यरत हुनुहुन्छ । 

    उहाँले जोखिम बस्तीलाई द निर्भीक फाउन्डेशले सुरक्षित ठाउँमा बस्ती बनाई स्थानान्तरण लागेको कामलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।   
    पाण्डेले आफ्नो जन्मदिन सधै दीन दुःखीलाई सहयोग गरेर नै मनाउने गरेको बताउनु भयो । 

    मंगलवार, आषाढ १५ २०७८०९:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend