Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आगलागि पीडित र सुरक्षित बस्ती निर्माणलाई समाजसेवी थापाद्वारा आर्थिक सहयोग 

आगलागि पीडित र सुरक्षित बस्ती निर्माणलाई समाजसेवी थापाद्वारा आर्थिक सहयोग 

  • PNN Times
  • मंगलवार, आषाढ १५ २०७८


  • आगलागि पीडित र सुरक्षित बस्ती निर्माणलाई समाजसेवी थापाद्वारा  आर्थिक सहयोग 
    असार १५, पर्वत । पर्वतको पैयुँ गाउँपालिका डाडा काहुँका आगलागि पीडितलाई र सुरक्षित बस्ती निर्माणको लागि डिल थापाले आर्थिक सहयोग गर्नु भएको छ । पैयुँ गाउँपालिका वडा नम्बर छ डाडा काहुँका आगलागि पीडितलाई सोही वडाका थापाथर गाउँका डिल बहादुर थापाले  आठ हजार आर्थिक सहयोग गर्नु भएको हो ।
     
    आफ्नो जन्म गाउँमा आगलागि भएर घरगोठ जलेर नष्ट भएपछि उहाँले साउदीबाट आर्थिक सहयोग गर्नु भएको हो । थापाले पठाएको रकम गाउँमै पुगेर पत्रकार निर्भीक नारायण भुर्तेलले समितीलाई बुझाउनु भएको हो । 
     
    210709782_794989604547546_9197405744001405664_n.jpg

    साथै  उहाँले  पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा रहेको जोखिम बस्तीलाई सुरक्षित ठाउँमा सार्न लागिएको अभियानलाई ४ हजार रुपैयाँ आर्थिक सयोग गर्नु भएको छ । 

    पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा  अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।  फाउण्डेशनले ३ घर निर्माण कार्य सम्पन्न गरी सकेको छ ।

    dil.jpg
     
    जोखिम बस्तीलाई द निर्भीक फाउन्डेशले सुरक्षित ठाउँमा बस्ती बनाई स्थानान्तरण लागेको कामलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको थापाले बताउनु भयो ।    
    मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  
    खाता नम्बरAC Name : The Nirbhik Foundation
    Bank Name : Garima Bikas Bank Waling Branch
    AC No : 00100100855183000001    

    मंगलवार, आषाढ १५ २०७८०८:१५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend