असार १८, स्याङ्जा । स्याङ्जाको वालिङमा गुणस्तरिय शिक्षाको लागि शिक्षकहरुलाई आईसिटिमा आधारित तालिम प्रदान गरिएको छ ।
वालिङ नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सामुदायिक विद्यालयका शिक्षकहरुलाई आईसिटिमा आधारित तालिम दिएको हो ।
तालिममा ईमेल, इन्टरनेट, फेसबुक, भाइवर, जुम, मिट,माइक्रोसफ्ट लगाएत विभिन्न एप्सबाट विद्यार्थीहरुलाई कसरी अध्ययन गराउने भन्ने बारे सिकाईएको छ ।
सोही माध्ययमबाट विद्यार्थीहरुलाई घरबाट पनि पठन पाठन गराउन सहज हुने र शिक्षक पनि आधुनिक प्रविधिमा दक्षहुने वालिङ नगरपालिकाका सूचना प्रविधि इन्जिनीयर एंव प्रशिक्षक ई. प्रकाश अर्यालले जानकारी दिनु भयो ।
कोभिड (१९ ले शिक्षा क्षेत्रमा परेको असरका कारण विद्यार्थीहरुलाई स्कुलबाट मात्र नभई घरबाट नै पढाउनु पर्ने भएकाले सिकाईलाई प्रभावकारि बनाउन तालिम प्रदान गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन भट्टाराईले बताउनु भयो ।
''उहाँले विगतमा अपनाउदै आएको शैक्षणिक कृयाकलापलाई सुधार गरी नयाँ सोच र नयाँ तरीकाबाट शिकाउन नसक्ने हो भने केही वर्षमा शिक्षा क्षेत्रमा ठुलो असर पर्ने बताउनु भयो ।''
तालिममा आइसिटिको माध्यमबाट विद्यार्थीहरुलाई पढाउनु आजको आवश्यकता रहेको भन्दै वालिङ नगरपालिकका नगरप्रमुख दिलिप प्रताप खाणँले नरपालिकालाई स्मार्ट सिटि बनाउन पनि शैक्षिक क्षेत्रमा सुधार हुनु पर्ने बताउनु भयो ।
नगर स्मार्ट सिटि बन्न नागरिकको सोच स्मार्ट हुनु पर्दछ, नागरिकको सोच स्मार्ट बनाउने शिक्षक झनै स्मार्ट हुनु पर्ने नगरप्रमुख खाँणको भनाई छ ।

तालिम १४ वटै वडाका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शिक्षकलाई प्रदान गरिने छ । वालिङ नगरपालिकाको शिक्षा शाखाको आयोजनामा सञ्चालित तालिमको प्राविधिक सहयोग सूचना प्रविधि शाखाले गरेको छ।
