साउन ९, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि सामाज सेवी चण्डी भुर्तेलले जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदानगर्नु भएको छ । भुर्तेलले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ति निर्माणकोलागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँहरुले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाँच हजार पाँच सय पचपन्न (५५५५/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।

उहाले आफ्नो जन्म दिनको अवसरमा गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थसुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेकोबताउनु भयो ।
भुर्तेलले गरिब दुखीको लागि सहयोग गर्न जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।
द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ ॥मानव जीवन रक्षार्थ सहयोगगर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोगगरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001