Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सुरक्षित बस्ति निर्माणको लागि समाजसेवी गोतामेद्वारा जन्म दिनमा आर्थिक सहयोग

सुरक्षित बस्ति निर्माणको लागि समाजसेवी गोतामेद्वारा जन्म दिनमा आर्थिक सहयोग

  • PNN Times
  • मंगलवार, श्रावण १२ २०७८


  • सुरक्षित बस्ति निर्माणको लागि समाजसेवी गोतामेद्वारा जन्म दिनमा आर्थिक सहयोग

    साउन १२,  पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि बाल सामाज सेवी सुभाष गोतामेले जन्म दिनको अवसरमा आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।  गोतामेले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाँच  हजार पाँच सय पचपन्न  (५५५५/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ । 


    BCA95CEC-76E9-48AC-BCA1-33FAC28D98FD.jpeg

    images

    सुभाषले आफ्नो जन्म दिनको अवसरमा पैयुँमा रहेको  जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।  

    वालिङ नगरपालिका वडा नम्बर १२ छापा  घर हुनु भएका सुभाष  बाबा सुर्य गोतामे र आमा टिका कुमारी गोतामेका ९ वर्षीय कान्छा छोरा हुनुहुन्छ ।

    उहाँले आफ्नो जन्म दिनमा मात्र नभएर  गरिब दुखीको  सहयोगको लागि  जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ । मानव जीवन रक्षार्थ सहयोगगर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोगगरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  

    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation

    Bank Name : Garima Bikas Bank Waling Branch

    AC No : 00100100855183000001

    मंगलवार, श्रावण १२ २०७८०८:०७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend