Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

  • PNN Times
  • बुधवार, श्रावण २७ २०७८


  • रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हाे ।

    पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ ।  

    images

    आज बुधवार बिहान बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा गर्ने भन्ने निर्णय गर्ने अधिकार संसदीय दलका नेता पोखरेललाई दिएको थियो । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

    प्रदेश प्रमुख अमिक शेरचनले अविश्वासको प्रस्तावको छिनोफानो गर्न आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । अधिवेशन सुरु हुनु अगाडि नै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिनुभएको हो । 
    गएकाे वैशाख ६ गते मुख्यमन्त्रीका रूपमा पोखरेलले दोस्राे कार्यकाल सुरु गर्नुभएको थियो ।

    पोखरेल सरकारविरुद्ध विपक्षी ३४ जना सांसदले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ८० सदस्यीय प्रदेश सभामा एमालेसँग ३८ र विपक्षीसँग सभामुखसहित ४२ जना सांसद रहेका छन् ।

    बुधवार, श्रावण २७ २०७८०२:२०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend