भदौ ३०, स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी टाउको सुकेको पार्टी भएको बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटि स्याङजाले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले माधवनेपालले बनाएको पार्टी टाउको सुकेको पार्टी भएको बताएका हुन ।
भट्टराईले एमालेसंग छुट्टिएर बनेको माधव नेपालको पार्टी टाउको सुकेको, पेट फुलेको र खुट्टा लुलो भएको पार्टी भएकाले त्यता तिर ध्याननदिन कार्यकर्तालाई आग्रह गरेका छन ।
साथै उनले माधव नेपाललाऊ ईतिहास भत्काएको आरोप लगाएका छन । माधव नेपालले ईतिहास बनाउनुस भनेका थियौ तर उहाँलेईतिहास भत्काउनु भयो ।