Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

  • PNN Times
  • शनिवार, आश्विन २ २०७८


  • गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

    तोलाकान्त बगाले

    असोज २, वालिङ।  नेपाली काँगे्रसका संस्थापक नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउण्डेसन काठमाडौँले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११ बिसौनीमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

    फाउण्डेसनले विद्यालयका करिव ६५ जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी, मोजा, गलबन्दी, जुत्ता वितरण गरेको हो । पोशाक वितरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खांँणले शैक्षिक गुणस्तर बृद्धि गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

    images

    शिक्षाको विकास नभई अन्य विकास हुन नसक्ने भएकाले आधुनिक र प्राविधिक शिक्षामा जोड दिंदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले वालिङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधार्नका लागि ब्रिटिश काउन्सिलसित तीन वर्षका लागि सम्भmौता भई काम शुरु भईसकेको जानकारी दिनुभयो ।

    विद्यालयमा आवश्यक प्राविधिक तथा अन्य सहयोग नगरपालिकाले उपलब्ध गराउने उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाले मात्रै विद्यार्थीको भविष्य उज्जवल हुने बताउनुभयो ।

    पछिल्लो समय विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आएसंँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा कृष्णले बताउनुभयो । अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक बविता खड्काले र सञ्चालन शिक्षिकाद्वय सुशीला श्रेष्ठ र प्रनिता अर्यालले गर्नुभएको थियो । 


    शनिवार, आश्विन २ २०७८०७:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend