Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले वालिङ नगर कमिटीकोे अध्यक्षमा पौडेल निर्वाचित

नेकपा एमाले वालिङ नगर कमिटीकोे अध्यक्षमा पौडेल निर्वाचित

  • PNN Times
  • शुक्रवार, कार्तिक १२ २०७८


  • नेकपा एमाले वालिङ नगर कमिटीकोे अध्यक्षमा पौडेल निर्वाचित

    कार्तिक १२, स्याङ्जा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वालिङ नगर कमिटीकोे अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित हुनुभएको छ । कात्तिक ९ गते मंगलबारदेखि सुरु भएको प्रथम अधिवेशनबाट सर्वसहमतिमा पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

    पौडेलको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । नवनिर्वाचित कमिटिको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिवमा यमकान्त खनाल र उप–सचिवमा शुशिल खनाल,उमेश बहादुर दर्लामी रहेका छन ।

    images

    नव निर्वाचित अध्यक्ष पौडेलले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैको भावना र मर्मलाई समेटेर पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने बताउनुभयो ।

    साथै उहाँले एमालेलाई आगामी निर्वाचनमा जित गराउनु पर्ने जिम्मा आफ्नो काधमा आएको भन्दै आफ्नो कार्याकालमा जित सुनिश्चित गराउन लागि पर्ने बताउनु भयो । 

    250150805_2090491351099368_7213825866277083881_n.jpg

    पौडेलसंगै नेकपा नेता पुण्यप्रसाद अर्याल, यामकान्त खनाल र चोपनारायण श्रेष्ठले नगर कमिटिको अध्यक्षमा आफ्नो आकाङ्क्षा प्रकट गरेका थिए  । तर पटक पटक सहमतिको प्रयास भएपछि सबैको सहमतिमा पौडेल एमाले वालिङ नगर कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

    251113481_572880873947570_3747156127830164087_n.jpg
     

    शुक्रवार, कार्तिक १२ २०७८०७:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend